1
२ कोरिन्थी 5:17
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
यसकारण कुनै मानिस ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्।
Primerjaj
Razišči २ कोरिन्थी 5:17
2
२ कोरिन्थी 5:21
ख्रीष्टमा पापै थिएन, तैपनि परमेश्वरले ख्रीष्टमा हामीलाई आफ्नो अघि ठीक ठहराउन ख्रीष्टमाथि नै हाम्रो पाप राखिदिनुभयो।
Razišči २ कोरिन्थी 5:21
3
२ कोरिन्थी 5:7
त्यसैले हामी देखेकोले होइन, तर विश्वासले जिउँछौं।
Razišči २ कोरिन्थी 5:7
4
२ कोरिन्थी 5:18-19
यी सब गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्टमा भएर परमेश्वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्थ्यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्वरले राख्नुभएको छैन। परमेश्वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ।
Razišči २ कोरिन्थी 5:18-19
5
२ कोरिन्थी 5:20
हामीहरू ख्रीष्टका तर्फबाट बिन्ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्वर नै हामीमा भएर तिमीहरूसँग बिन्ती गरेजस्तै हामी ख्रीष्टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल।
Razišči २ कोरिन्थी 5:20
6
२ कोरिन्थी 5:15-16
उहाँ सबैका लागि मर्नुभयो। बाँच्नेहरू अब आफ्ना लागि होइन तर तिनीहरूका खातिर मरेर बिउँतनुहुने ख्रीष्टको निम्ति बाँच्नुपर्छ। अबदेखि हामी कसैलाई पनि बाहिरी रूपले हेर्दैनौं। हुन त एक पटक हामीले ख्रीष्टलाई पनि यही प्रकारले हेर्यौं। अब हामी उहाँलाई यसरी हेर्दैनौं।
Razišči २ कोरिन्थी 5:15-16
7
२ कोरिन्थी 5:14
हामीहरू त ख्रीष्टकै प्रेमको वशमा छौं। त्यसैले हामी बुझ्दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे।
Razišči २ कोरिन्थी 5:14
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki