YouVersion
Pictograma căutare

उत्‍पत्ति 13

13
अब्राम र लोत छुट्टिन्छन्
1मिश्रबाट निस्‍केर अब्राम उत्तरतर्फ लागे र आफ्‍नी पत्‍नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए। 2अब्राम खुबै धनी थिए। उनीसँग भेडाहरू र बाख्राहरू र गाई-गोरु र सुन-चाँदीहरू थिए। 3तब उनले त्‍यो ठाउँ छोडे र ठाउँ सर्दैसर्दै बेथेलतिर गए। उनी अघि आफू पाल टाँगेर बसेको बेथेल र ऐको बीचको ठाउँमा पुगे, 4जहाँ उनले एउटा वेदी पनि बनाएका थिए। त्‍यहाँ परमप्रभुको आराधना गरे। 5लोतका भेडा-बाख्रा, गाई-गोरु र आफ्‍नै बालबच्‍चा र नोकर-चाकरहरू थिए। 6ती दुवैका गाई-वस्‍तुलाई चर्ने ठाउँ पुग्‍दो भएन र ती दुई एकैसाथ बस्‍न सकेनन् किनभने तिनीहरूका पशुहरू साह्रै धेरै थिए। 7यसैले अब्राम र लोतका गाई-वस्‍तु हेर्ने गोठालाहरूका बीचमा झगडा भयो। (त्‍यस बेला कनानी र परिज्‍जीहरू त्‍यही देशमा बास गरिरहेका थिए।)
8तब अब्रामले लोतलाई भने, “हामी आफन्‍त हौं, हाम्रा मानिसहरूले आपसमा झगडा गर्नुहुन्‍न। 9यसकारण हामीहरू छुटौं, तिमीले चाहेको जमिन रोज, तिमी एकापट्टि जाऊ, म अर्कोपट्टि जानेछु।”
10 # उत्‍पत्ति 2:10 लोतले चारैपट्टि हेरे र प्रशस्‍त पानी भएको यर्दनको बेसी सोअरसम्‍म फैलिएको देखे। त्‍यहाँ परमप्रभुको बगैँचा वा मिश्रदेशमा झैँ प्रशस्‍त पानी थियो। (यो परमप्रभुले सदोम र गमोरा नाश पार्नुभन्दा अघिको कुरो हो।) 11यसरी लोतले सारा यर्दनको बेसी आफ्‍नो लागि रोजे र पूर्वपट्टि गए। त्‍यसरी ती दुई छुट्टिए। 12अब्राम कनान देशमा बसे र लोत बेसीका सहरहरूबीच सदोमका छेउमा बस्‍न लागे। 13सदोमका मानिसहरू दुष्‍ट थिए र परमप्रभुका विरुद्धमा पाप गर्थे।
अब्राम हेब्रोनमा जान्‍छन्
14लोत गएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्‍यहाँबाट चारैपट्टि हेर्‌। 15#प्रेरित 7:5तैँले देखेका जति जम्‍मै जमिन म तँलाई र तेरा सन्‍तानलाई दिनेछु र ती सधैँको लागि तेरा हुनेछन्। 16म तँलाई यति धेरै छोरा-नातिहरू दिनेछु कि कसैले तिनीहरूको गन्‍ती लिन सक्‍नेछैन। तीभन्दा बरु पृथ्‍वीको धुलो गन्‍न सजिलो होला। 17अब गएर पूरा देशलाई हेर्‌ किनभने त्‍यो सम्‍पूर्ण म तँलाई दिनेछु।” 18अनि अब्रामले आफ्‍ना पाल सारेर हेब्रोनमा मम्रेका पवित्र रूखहरूका छेउमा बास गर्न थाले। त्‍यहाँ उनले परमप्रभुको लागि एउटा वेदी बनाए।

Evidențiere

Împărtășește

Copiază

None

Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te