Logotipo da YouVersion
Ícone de Pesquisa

1 कोरिन्थी 2

2
1दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्‍वरको रहस्यको बारेमा गवाही दिँदै आएँ। 2किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्‍ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्‍ने निर्णय गरेँ। 3म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ। 4मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो; 5ताकि तिमीहरूका विश्‍वास मानिसहरूका बुद्धिमा नभएर परमेश्‍वरको शक्तिमा आधारित होस्।
परमेश्‍वरको ज्ञान पवित्र आत्माद्वारा प्रकट
6हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ। 7तर हामी त परमेश्‍वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्‍वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो। 8यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। 9तापनि यसरी लेखिएको छ:
“कुनै आँखाले नदेखेका,
कुनै कानले नसुनेका,
कुनै मानवीय मनमा नसोचिएका,
यी कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”#2:9 यशै 64:4
10यी कुराहरू परमेश्‍वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ।
आत्माले सबै कुराहरू, परमेश्‍वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ। 11किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्‍वरका विचारहरू परमेश्‍वरको आत्माले बाहेक कसैले जान्दैन। 12हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्‍वरबाट पाएको आत्मा हो, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ। 13हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ। 14जुन व्यक्तिसँग परमेश्‍वरको आत्मा हुँदैन, त्यसले परमेश्‍वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ। 15आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन। 16किनकि,
“प्रभुको मनलाई कसले जानेको छ,
र उहाँलाई कसले सिकाउन सक्छ?”#2:16 यशै 40:13
तर हामीसँग ख्रीष्‍टको मन छ।

Atualmente Selecionado:

1 कोरिन्थी 2: NCV

Destaque

Copiar

Comparar

Compartilhar

None

Quer salvar seus destaques em todos os seus dispositivos? Cadastre-se ou faça o login

Vídeo para 1 कोरिन्थी 2