आमोस 9:13-14
आमोस 9:13-14 NCV
याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, “जब जोत्नेले कटनी गर्नेलाई उछिन्नेछ, र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्नेछ। नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, र सबै डाँडाहरूबाट ती बग्नेछन्। म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु। “तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्, र ती सहरहरूमा बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्; तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।

