उहाँले हामीलाई नाम काटेर बोलाउनुहुन्छनमूना

अंगरक्षक
प्रायः जसो भेडाहरू राखिने खोरमा तिनीहरू भित्र र बाहिर जानको लागि सँगुरो ढोका हुन्थ्यो। बगालको गोठालो रातमा त्यो ढोका अगाडि सुत्ने गर्दथे र एक अंगरक्षकको रूपमा भेडाहरूलाई कुनै पनि सम्भावित हानिबाट जोगाउने काम गर्दथे। गोठालोले राती कुनै पनि जंगली जनावरहरू आएर भेडाहरूलाई खाने प्रयास गर्यो भने बचाउँदथ्यो। उनको शरीरले पनि भेडाहरूलाई खोरबाट बाहिर निस्कनबाट र खतरामा पर्नबाट जोगाउँदथ्यो। गोठालो दिनरात सधैं सजग रहन्थ्यो। आफ्नो बगालको सुरक्षा गर्नु नै उनको मुख्य प्राथमिकता थियो।
येशूले उहाँ हाम्रो असल गोठालो हुनुहुन्छ भनी भन्नुहुन्छ। उहाँले साँच्चै नै हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो र हामीलाई अनन्त मृत्युबाट बचाउनुभयो। उहाँ, हाम्रो गोठालो झैँ, आफ्नो बगाललाई सावधानीपूर्वक हेरचाह गर्नुहुने हाम्रो अंगरक्षक हुनुहुन्छ र दिनदिनै हामी भित्र आउँदा र बाहिर जादाँ सुरक्षा गर्नुहुन्छ। येशूले हामीलाई प्रेम गर्नुहुन्छ, हामीलाई सुरक्षा दिनुहुन्छ, हामीलाई बचाउनुहुन्छ र हामीलाई राम्रो खर्कमा लैजानुहुन्छ। हामी उहाँलाई हाम्रो जीवनको लागि भरोसा गर्न सक्छौं। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई"(यर्मिया २९:११)। उहाँले भेडाको रेखदेख गर्ने गोठालोले जस्तै हाम्रो जीवनको रक्षा मात्र गर्नुहुन्छ, तर उहाँले हाम्रो लागि आफ्नो जीवन पनि त्याग गर्नुभयो। उहाँ हाम्रो सबैभन्दा महान् अंगरक्षक हुनुहुन्छ, र हामी उहाँमा सुरक्षित छौं।
धर्मशास्त्र
यस योजनाको बारेमा

धेरैपटक मान्छे भेडाजस्तै हुन्छ। भेडाहरू जस्तै, हामीलाई जीवनको बाटोमा डोऱ्याउन गोठालो चाहिन्छ। येशू हाम्रो असल गोठालो हुनुहुन्छ। उहाँले हामीलाई नाम काटेरले बोलाउनुहुन्छ, हामीलाई बन्धनबाट छुटाउनुहुन्छ, हामी हराएको बेला फेला पार्नुहुन्छ, हामीलाई नजिकबाट चिन्नुहुन्छ, र हानिबाट जोगाउनुहुन्छ। उहाँले हामीलाई अगुवाइ मात्र गर्नुहुन्न, तर हामीलाई प्रेम गर्नुहुन्छ। येशूले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो। यस पाँच दिने अध्ययनमा मसँग सामेल हुनुहोस् र येशूले हामीलाई कसरी विभिन्न तरिकाले गोठालो गर्नुहुन्छ भन्ने कुरालाई हेरौँ।
More