उहाँले हामीलाई नाम काटेर बोलाउनुहुन्छनमूना

विश्वासको हिँडाइ
प्रायःजसो भेडाहरूलाई गोलाकार घेरामा छेकेर अथवा भेडाको खोरमा राखिन्थ्यो, जुन ढुङ्गाको थाक लगाएर बनाएको पर्खाल थियो। खोरमा प्रवेशद्वारको लागि सानो बाटो हुन्थ्यो जहाँबाट गोठालोले बोलाउँदा भेडाहरू भित्रबाहिर जाने गर्दथे। गोठालो यस प्रवेश गर्ने द्वारको अगाडि सुत्ने गर्दथे र रातमा भेडाहरूको रक्षा गर्दथे। भेडाहरूको कमजोर दृष्टि हुने भएकोले तिनीहरूले खोरबाट बाहिर जाने साँघुरो बाटोलाई स्पष्ट रूपमा देख्न सक्दैनथे। जब गोठालोले तिनीहरूको नाउँ लिएर बोलाउँदथे, तिनीहरूले चिन्दथे अनि उनको आवाजको पछि लागेर साँघुरो बाटोबाट बाहिर निस्कन्थे।
आज हाम्रो लागि यो एक शक्तिशाली तस्वीर हो। हामीलाई सामान्यतया परमेश्वरले कहाँ लैजाँदै हुनुहुन्छ थाहा हुँदैन वा पूर्ण तस्वीर देख्न सक्दैनौं। यद्यपि, जब हामी प्रार्थना र उहाँको वचनद्वारा परमेश्वरलाई खोज्दै विश्वासद्वारा हिँड्छौं, दृष्टिद्वारा होइन, हामीले उहाँको आवाजले हाम्रो नाम बोलाएको पाउन सक्छौँ, र हामीलाई त्यो साँघुरो ढोकाबाट सिधै उहाँतर्फ र हाम्रो जीवनको लागि उहाँको इच्छातिर डोर्याइरहेको पाउनेछौँ।
धर्मशास्त्र
यस योजनाको बारेमा

धेरैपटक मान्छे भेडाजस्तै हुन्छ। भेडाहरू जस्तै, हामीलाई जीवनको बाटोमा डोऱ्याउन गोठालो चाहिन्छ। येशू हाम्रो असल गोठालो हुनुहुन्छ। उहाँले हामीलाई नाम काटेरले बोलाउनुहुन्छ, हामीलाई बन्धनबाट छुटाउनुहुन्छ, हामी हराएको बेला फेला पार्नुहुन्छ, हामीलाई नजिकबाट चिन्नुहुन्छ, र हानिबाट जोगाउनुहुन्छ। उहाँले हामीलाई अगुवाइ मात्र गर्नुहुन्न, तर हामीलाई प्रेम गर्नुहुन्छ। येशूले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो। यस पाँच दिने अध्ययनमा मसँग सामेल हुनुहोस् र येशूले हामीलाई कसरी विभिन्न तरिकाले गोठालो गर्नुहुन्छ भन्ने कुरालाई हेरौँ।
More
सम्बन्धित भक्त्ति पाठहरू

ग्रेसको गान (Anthem of Grace)

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

आज्ञा दिनुहोस् – जीरो सम्मेलन
