BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सनमूना

येशूले आफ्ना सबै चेलाहरूमध्येबाट बाह्र जनालाई अगुवाहरू हुन नियुक्त गर्नुहुन्छ र बाह्र संख्याको अर्थ छ। येशुले एउटा नयाँ कुल निर्माण गर्दै इस्राएलको बाह्र कुललाई छुटकारा दिंदै हुनुहुन्छ भनी देखाउन नियतवश नै उहाँले बाह्र मानिसहरूलाई छान्नुहुन्छ। तर पहिलो नजरमा यो नयाँ इस्राएल नयाँ भएको जस्तो देखिंदैन। येशूले निम्न वर्गका, शिक्षित र अशिक्षित, धनी र गरिब व्यक्तिहरूलाई छान्नुहुन्छ।ĺ येशूले एकजना भूतपूर्व कर उठाउनेलाई पनि छान्नुहुन्छ जसले रोमी शासन अन्तर्गत काम गर्थ्यो र एकजना भूतपूर्व विद्रोही (जेलट)-लाई पनि छान्नुहुन्छ जसले रोमी शासन विरुद्ध लड्थ्यो! पिछडिएका र गरिबहररूप्रति परमेश्वरको प्रेमले गर्दा असमान मानिसहरूलाई एकसाथ ल्याउँछ। तिनीहरू एकसाथ कहिल्यै मिल्छन जस्तो देखिदैनन तर यी कठोर शत्रुहरूले येशुलाई पच्छ्याउन र एउटा नौलो विश्व व्यवस्थाभित्र प्रवेश गर्न र एकतामा जिउन सबै थोक छोडे।
लुकाले उलट पुलट राज्यबारे येशुको शिक्षाहरूको विवरण मार्फत यो नयाँ विश्व व्यवस्था कस्तो हुन्छ भनेर हामीलाई देखाउँछन्। यसमा, येशू भन्नुहुन्छ कि गरिबहरू आशिषित हुन्छन किनकि उनीहरूसँग परमेश्वरको राज्य छ र रूनेहरू एक दिन हाँस्नेछन्। नयाँ विश्व व्यवस्थामा, चेलाहरूलाईआफ्ना शत्रुहरूलाई माया गर्न, मन नपर्ने मानिसहरूका लागि अचम्म तरिकामा उदार बन्न, दया देखाउन र क्षमा दिन बोलाइएको छ। अनि येशूले यस्तो पृथक जीवन शैलीको विषयमा बताउनु मात्र भएन। उहाँले जीवन बलिदान गर्नुभएर बाटो देखाउनुभयो र आफ्नो शत्रुहरुलाई प्रेम गर्नुभयो
धर्मशास्त्र
यस योजनाको बारेमा

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
हामी यो योजना प्रदान गर्नका लागि बाइबलप्रोजेक्सलाई धन्यवाद दिन चाहन्छौं। अधिक जानकारीको लागि भ्रमण गर्नुहोस्: https://bibleproject.com
सम्बन्धित भक्त्ति पाठहरू

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
इस्राएल र यहूदी जातिप्रति घृणा

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ख्रीष्टको अनुसरण गर्नु
