BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सनमूना

लूकाले हामीलाई भन्छन कि येशूले शहरहरू र गाउँहरूमा परमेश्वरको राज्यको घोषणा गर्न शुरु गर्नुहुन्छ। तर एउटा पक्का राजाको शाही राजदूतसँग यात्रा गर्नुको सट्टा येशू आफूले चुन्नुभएको निम्न वर्गका टोलीसँग बाह्र जना र उहाँले निको पार्नुभएका र छुट्कारा दिनुभएका केहि महिलाहरूको साथमा यात्रा गर्नुहुन्छ। अनि येशूका साथीहरू केवल सहयात्री मात्र होइनन; तिनीहरु सहभागीहरू थिए। तिनीहरू जसले येशुको सुसमाचार, छुटकारा, र चंगाई प्राप्त गरे ती तिनीहरू नै थिए जसले यो एक शहरदेखि अर्कोमा सुनाए।
तिनीहरुका यात्राहरु पूर्ण रोमाञ्चक अनुभवहरूले भरिएको छ। येशू समुद्री आँधीलाई शान्त पार्नुहुन्छ, हजारौं प्रेतहरूबाट एक मानिसलाई मुक्त गर्नुहुन्छ, बाह्र वर्षसम्म पीडित एउटी स्त्रीलाई निको पार्नुहुन्छ, बाह्र वर्षकी केटीलाई मृतकबाट ब्यूँताउनुहुन्छ र हजारौं मानिसहरूलाई भोजन दिनुहुन्छ - सबैले खाए पछि, तिनीहरूले उब्रेकोलाई बाह्र टोकरीमा भर्छन्!
जब तपाईंले आजको खण्ड पढ्नुहुन्छ, तब कसरी लूकाले ""बाह्र"" शब्द धेरै पटक दोहोराएका छन् , त्यो ध्यान दिनुहोस्। याद गर्नुहोस्, येशुले नियतवश नै बाह्र चेलाहरूको छनौट इस्राएलका बाह्र कुलहरूको सुधार गर्नलाई नियुक्त गर्नुभएको हो। लूका यस तथ्यलाई प्रकाश पार्न चाहन्छन्, त्यसैले उनले आफ्नो सुसमाचारको पुस्तकमा ""बाह्र"" शब्द बाह्र पटक दोहोराउँछन।। प्रत्येक पल्ट जब उनले यो शब्द प्रयोग गर्छन, उनले अर्को तरिकाबाट देखाउँदैछन् कि येशूले इस्राएलको बाह्र कुललाई र इस्राएल मार्फत सारा विश्वलाई उद्धार गर्दै हुनुहुन्छ।
परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि इस्राएलको बाह्र कुलबाट सबै जातीले आशिष पाउनेछन र परमेश्वरले इस्राएललाई सबै जातिहरूका निम्ति ज्योति हुन बोलाउनु भयो। इस्राएलीहरू आफ्नो कर्तव्यमा असफल भए तर परमेश्वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ। जब येशुले उहाँको नयाँ बाह्र जना चेलालाई परमेश्वरको राज्य घोषणा गर्न बाहिर पठाउनुहुन्छ तब यसरी उहाँले इस्राएलले पाएको बोलावटलाई पुनर्स्थापना गर्नुहुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
हामी यो योजना प्रदान गर्नका लागि बाइबलप्रोजेक्सलाई धन्यवाद दिन चाहन्छौं। अधिक जानकारीको लागि भ्रमण गर्नुहोस्: https://bibleproject.com
सम्बन्धित भक्त्ति पाठहरू

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
इस्राएल र यहूदी जातिप्रति घृणा

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

ख्रीष्टको अनुसरण गर्नु

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना
