YouVersion Logo
Search Icon

Plan Info

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने नमूना

Using Your Time for God

DAY 4 OF 4

तपाईंको समय तालिका मिलाउनु

आफ्नो फुर्सदको समयलाई जीवनलाई समृद्ध बनाउने काममा प्रयोग गर्नुहोस्। अध्ययन भनेको समयको सदुपयोग हो। अगस्टिनले एक पटक विश्वासीहरूलाई सकेसम्म धेरै कुराहरू सिक्न सल्लाह दिए, किनकि सबै सत्य परमेश्वरको सत्य हो। अन्य प्रवद्र्धनहरू जुन समृद्ध छन् त्यो कलाको क्षेत्रमा छन्। मलाई क्रस वर्ड पजल सुल्झाउन निकै मनपर्छ, र संवादको मौखिक अभिव्यक्तिलाई विकाश गर्न मलाईं आनन्द मिल्छ.


Sangman (स्यान्डम्यान - बालबालिकाहरूको आँखामा बालुवा छर्केर तिनीहरूलाई सुताउने काल्पनिक पात्र) लाई धोका दिने तरिकाहरू खोज्नुहोस्। बेलुका ८ देखि ९ बजेसम्म सुतिसक्ने मेरो बानी छ । जब सम्भव छ र म बिहान ४ बजे उठ्छु । यसले मेरो कार्य तालिकाको लागि निकै राम्रो प्रभाव पारेको छ। विहानको प्रथम पहरहरू अवरोधहरू र बाधाहरूबाट मुक्त हुँन्छन्। अध्ययन, लेखन र प्रार्थनाको लागि एक अद्भुत समय निकाल्न तपाईं सक्षम हुनुहुन्छ ।.


ड्राइभिङको समयलाई सिक्नको प्रयोग गर्नुहोस्। गाडी चलाउदा दिमागलाई सडकमा के भइरहेको छ भनेर बढी सतर्क हुन सहायता गर्छ। यस्तो अवस्थामा रेकर्डिङ गरेका विभिन्न कुरा सुनेर यो समयको फाइदा तपाईंले लिन सक्नुहुन्छ, जसद्वारा समयको सही सदुपयोग पनि हुन्छ .


अन्तमा, धेरै जसो अवस्थामा, एक तालिका बनाउनु भनेको प्रतिबन्ध होइन तर स्वतन्त्रता हो। समयतालिकाको साथ काम गर्दा हाम्रो समयलाई सदुपयोग र व्यवस्थित गर्न धेरै मद्दत गर्छ। कार्यतालिका शत्रु होइन मित्र हुनुपर्छ । यसले हामीलाई परमेश्वरको महिमापूर्ण, फलदायी जीवनको लागि लय खोज्न मद्दत गर्दछ।


कोरम डियोः परमेश्वरको उपस्थितीमा रहनु

यदि तपाईंसँग कार्यतालिका छैन भने, एउटा बनाउनुहोस् र यसलाई हप्ताको बाँकी समयको लागि प्रयोग गर्नुहोस्, त्यसपछि यसले तपाईंलाई कसरी समय बचत गर्न मद्दत गर्‍यो भनेर मूल्याङ्कन गर्नुहोस्। यदि तपाइँसँग पहिले नै तालिका छ भने, यसलाई समीक्षा गर्न केही समय लिनुहोस् र तपाइँको प्राथमिकताहरूको बारेमा प्रार्थना गर्नुहोस्.

Copyright © Ligonier Ministries. R.C. Sproul बाट निःशुल्क पुस्तक प्राप्त गर्नको निम्ति यहाँ जानुहोस्ः Ligonier.org/freeresource.


धर्मशास्त्र

Day 3

About this Plan

Using Your Time for God

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने विषयमा आर सि स्प्राउल (R.C. Sproul) बाट ४ दिने (भक्ति पाठ) डिभोसन। प्रत्येक पाठले तपाईंलाई परमेश्वरको उपस्थितिमा, परमेश्वरको अख्तियारमा, र परमेश्वरको महिमामा बाँच्नको निम्ति आह्...

More

हामी Ligonier Ministries लाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः Ligonier.org/youversion

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy