YouVersion Logo
Search Icon

Plan Info

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने नमूना

Using Your Time for God

DAY 3 OF 4

समयलाई जित्नु

मैले समयलाई जित्ने केही उपायहरू सिकेको छु। तिनीहरू तपाईंको निम्ति पनि उपयोगी हुन सक्छन्.


मैले यो बुझेको छु कि, मेरो सबै समय परमेश्वरको समय हो र मेरो निम्ति अलग गरिएको समय उहाँले नै नियुक्त गर्नुभएको समय हो । परमेश्वर नै म र मेरो समयको मालिक हुनुहुन्छ। यद्यपि, उहाँले मलाई समयको एक नाप दिनुभएको छ जसको म भण्डारे हुँ। म त्यो समय अरू मानिसहरूको लागि काम गर्न, अरू मानिसहरूलाई भेट्ने कुरामा लगाउन सक्छु, तर समय यस्तो कुरा हो जसको लागि मैले लेखा दिनुपर्छ.


एकाग्रता र ध्यानले समयलाई बचाउन सक्छ। समयको सबैभन्दा ठूलो बर्बादी मानव मनमा हुन्छ। हाम्रो हात व्यस्त हुन सक्छ तर हाम्रो मन निष्क्रिय हुन्छ। त्यस्तै गरी, हाम्रो मन व्यस्त हुँदा हाम्रा हातहरू निष्क्रिय हुन सक्छन्। दिवास्वप्न र व्यर्थका काल्पनिक कुराहरूमा लिप्त विचारहरू वास्तविक समयमा बर्बाद गर्न सक्न् तत्वहरू हुन्। हाम्रो मनलाई, हातमा रहेको काममा केन्द्रित गर्न एकाग्रताले मद्धत गर्दछ, जसद्वारा समयको वचत हुन्छ.


मनले सामान्य वा मेकानिकल कार्यहरू द्वारा लिइएको बहुमूल्य समयलाई बचाउन सक्छ। उदाहरणका लागि, नुहाउने कुरा गाह्रो छैन। नुहाउदै गर्दा, मनले समस्या समाधानका सोच, रचनात्मक सोच, वा विषयवस्तुहरूको संरचना गर्न पनि सक्छ। मेरा धेरै सन्देशहरू र लेक्चरहरू नुहाउने ठाउँमा फुर्छन्। जब म धेरै गल्फ खेल्थें, मैले फेला पारे कि शटहरू बीचको समय मेरो मनमा सन्देशहरू रचना गर्नको लागि उत्कृष्ट समय थियो.


कोरम डियोः परमेश्वरको उपस्थितीमा रहनु

आज तपाईले आफ्नो मनलाई कहाँ केन्द्रित गर्नुहुन्छ भन्ने बारे सचेत हुनुहोस्। अनन्तः मूल्यका चीजहरूको बारेमा सोचेर सामान्य र मेकानिकल प्रकार्यहरू द्वारा खपत भएको बहुमूल्य समय बचत गर्ने प्रयास गर्नुहोस्.


Copyright © Ligonier Ministries. R.C. Sproul बाट निस्शुल्क पुस्तक प्राप्त गर्नको निम्ति यहाँ जानुहोस्ः Ligonier.org/freeresource.


धर्मशास्त्र

Day 2Day 4

About this Plan

Using Your Time for God

तपाईंको समय परमेश्वरको निम्ति प्रयोग गर्ने विषयमा आर सि स्प्राउल (R.C. Sproul) बाट ४ दिने (भक्ति पाठ) डिभोसन। प्रत्येक पाठले तपाईंलाई परमेश्वरको उपस्थितिमा, परमेश्वरको अख्तियारमा, र परमेश्वरको महिमामा बाँच्नको निम्ति आह्...

More

हामी Ligonier Ministries लाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः Ligonier.org/youversion

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy