काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरणनमूना

Prodigal Son Transformation With Kyle Idleman

दिन 7 को 7

"दुबै छोराहरुमाथि अनुग्रह"

बुबाको यस्तो व्यवहार देखेर जेठो छोरालाई रिस उठ्यो । यो जेठो दाइले कडा परिश्रम र विश्वासपूर्वक खेतबारीको काम गरेको हुन सक्छ, तर ऊ आफै आफ्नो बुबाको घरैमा हराएको थियो ।

त्यहाँ जागृति थिएन । इमान्दारिता थिएन । अनि कार्य भएन ।

सत्य के हो भने, उ पनि हराएकै छोरा थियो । उ पनि बुबाको हृदयदेखि टाढा थियो । ऊ पनि हराएको थियो, तर उसले यो देखेन । टिम केलरले यसलाई यसरी भन्दछन्, “खराब छोरा उसको खराबीमा हरायो, तर असल छोरा उसको राम्रोपनमा हरायो ।“

तपाईं टाढाको देशमा कहिल्यै नगएको हुन सक्छ । आत्मिक क्षेत्रमा तपाईंले पुर्याएको योगदानको प्रभावशाली सूची तपाईंसँग हुन सक्छ । तपाईंले सबै नियमहरू पालना गर्नुभएको हुन सक्छ । तपाईंले यो पूरै किताब पढ्नुभएको हुनसक्छ, तपाईंले टाढाको देशमा चिनेका सबै मानिसहरूको बारेमा सोच्दै हुनुहुन्छ जसलाई यो सुन्न आवश्यक छ । तर मलाई लाग्छ कि तपाईं त्यो व्यक्ति हुनुहुन्छ जससँग येशूले कुरा गरिरहनु भएको छ ।

भाग्यवस, जब जेठो दाजु खेतमै थियो, तब बुबा उत्सव छोडेर उसकहाँ गए । बाबु आफै छोराकहाँ गयो ।

यसले हामीलाई परमेश्वरको बारेमा के बताउँछ? परमेश्वर आफ्ना छोराछोरीहरूसँग सम्बन्धको लागि चाहनुहुन्छ । तपाईको जीवन जेठो छोराको जस्तो होस् वा कान्छोको ।

कान्छो छोराको अपमानजनक छनौट र लापरवाहीपूर्ण जीवनपछि पनि, बुबाले उसलाई चुम्बन र अँगालोले अँगालो हाले । र जेठो छोराको कठोर शब्द र अनादरपछि, बुबाले उसलाई मायापूर्वक स्पष्ट पारे । प्राचिन समयमा घरको मुख्य पुरुष अभिभावकले आफूले गरेको कामको स्पोष्टोक्ति दिनु पर्दैनथ्यो । घरपरिवारका सदस्यहरू आफूलाई जे मन लाग्यो त्यो गर्न स्वतन्त्र थिएनन् तर तिनीहरु मुख्य अभिभावको खटनपटनमा चल्नुपर्ने थियो । तैपनि बाबुले जेठो छोराको रिसप्रति नम्र, धैर्य र अनुग्रहका साथ व्यवहार गरे ।

हामीलाई परमेश्वर न्यायको माग गर्ने क्रोधित बुबाजस्तो हुनुहन्छ भनेजस्तो लाग्नसक्छ, तर येशूमार्फत उहाँले हामीलाई प्रेम र अनुग्रह प्रदान गर्नुहुन्छ जबकि हामी त्यस यसको योग्यका छैनौं । अन्ततः लूका १५ मा उल्लेखित कथा अनाज्ञाकारी दुई छोराहरूको बारेमा होइन, तर यो एक पिताको बारेमा हो, जसले आफ्ना सन्तानहरुलाई बिनाशर्त प्रेम गर्नुहुन्छ ।

*जब तपाईंले कुनै पाप गर्नुहुन्छ, तब तपाईंको बारेमा परमेश्वरले के सोच्नुहुन्छ भनेर तपाईं कल्पना गर्नुहुन्छ? उहाँको अनन्त अनुग्रह र प्रेमले सम्पूर्ण अहा प्रक्रियालाई कसरी उर्जा दिन्छ?

के तपाईंले यो पाठ योजनाको आनन्द लिनुभयो? यदि त्यसो हो भने, पूरा किताब जित्न सहभागी हुनुहोस् । यहाँ

धर्मशास्त्र

यस योजनाको बारेमा

Prodigal Son Transformation With Kyle Idleman

काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परिवर्तन गर्ने ईश्वरीय क्षणको निम्ति तयार हुनुहुन्छ?

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: https://davidccook.org/books/