काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरणनमूना

Prodigal Son Transformation With Kyle Idleman

दिन 1 को 7

"एएचए को पकाउनेसम्बन्धी विधि"

उनी मलाई यो बताउन चाहन्छिन् कि उनी वास्तवमा यसलाई प्रयोग गर्दिनन् । जब उनी पकाउँछिन्, सामान्यतया त्यहाँ तीनभन्दा बढी सामाग्रीहरु प्रयोग हुन्छन् ।सत्य यो हो कि म नै त्यो व्यक्ति हुँ, जसले यो "थ्रि इन्ग्रेडेन्ट्स् कुकबुक" प्रयोग गर्दछु ।

मलाई विरलै, भान्सामा अनुमति दिइन्छ । यो कुकबुक मेरो खाना बनाउन सहयोग गर्ने साथी हो । किनकि, इमान्दारीपूर्वक भन्नुपर्दा यो थ्रि इन्ग्रेडेन्ट्स् मेरो जस्तो पाक क्षमता भएको व्यक्तिको लागि हो । मैले कठिन तरिकाले सिकेको एउटा कुरा यो यहो कि थ्रि इन्ग्रेडेन्ट्स् कुकबुक प्रयोग गर्दा यहाँ भनिएका सबै सामाग्रीहरु आवश्यक मात्र होइन तर नभइनहुने हुन्छन् ।

यो थ्रि इन्ग्रेडेन्ट्स् कुकबुकको नकारात्मक पक्ष हो । तपाईं झुक्याउन सक्नुहुन्न । यदि तपाईंले तीनमध्ये दुई वटा मात्र सामाग्रीहरुको मात्र प्रयोग गर्नुहुन्छ भने, खाना राम्रो हुँदैन ।

"एएचए" अनुभवहरुको लागि पनि सत्य यही हो ।

मैले वर्षाैंदेखि, सयौं मात्र होइन हजारौं मानिसहरुको "आहा" अनुभवहरु सुनेको छु । मैले बाइबलका प्रमुख व्यक्तित्वहरुको जीवनको रुपान्तरण अनुभवहरु अध्ययन गरेको छु । प्रमुखरुपमा सधैं "एएचए" का तीन पक्षहरु छन् । यदि यीमध्ये कुनै एक छैन भने यसले रुपान्तरण प्रक्रियालाई नै अवरुद्ध पार्दछ ।

१) अचानक जागृति २) सत्यनिष्ठा ३) तत्काल कार्यवाही(जागरण, सत्यनिष्ठा र कार्य) १) अचानक जागृति २) सत्यनिष्ठा ३) तत्काल कार्यवाही: (जागरण, सत्यनिष्ठा र कार्य अर्थात जा. स. का.)

जागरण र इमान्दारिता छ तर त्यहाँ कर्म छैन भने अहा (जागरण, सत्यनिष्ठा र कर्म) हुँदैन ।

यदि जागरण र कर्म छ, तर इमान्दारितालाई बेवास्ता गरिएको छ भने पनि त्यहाँ "अहा" अल्पकालिन हुनेछ ।

तर जब परमेश्वरको वचन र पवित्र आत्माले तपाईंको जीवनमा यी तीनवटा कुराहरु एकसाथ ल्याउनुहुन्छ भने तपाईंले "अहा" अनुभव गर्नुहुनेछ परमेश्वरले दिनुभएको क्षण, जसले सबै कुराहरुलाई परिवर्तन गर्दछ ।

*के तपाईं अहा पलको लागि तयार हुनुहुन्छ, जसले तपाईंलाई परिवर्तन गर्दछ? के तपाईं यस प्रक्रियामा यी तीन चरणहरु पार गर्न इच्छुक हुनुहुन्छ?

धर्मशास्त्र

यस योजनाको बारेमा

Prodigal Son Transformation With Kyle Idleman

काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परिवर्तन गर्ने ईश्वरीय क्षणको निम्ति तयार हुनुहुन्छ?

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: https://davidccook.org/books/