रोमी 10:2-3
रोमी 10:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्।
रोमी 10:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन। किनकि परमेश्वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्।
रोमी 10:2-3 पवित्र बाइबल (NERV)
यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।
रोमी 10:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरू परमेश्वरलाई गहिरोसँग मान्न चाहन्छन्, म यसको साक्षी छु। तर कसरी मान्ने हो, तिनीहरूलाई थाहा छैन किनभने परमेश्वरले मानिसलाई आफ्नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्नै तरिकाले परमेश्वरको सामु ठीक ठहरिन खोज्छन्। यसो हुँदा परमेश्वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्पिएनन्