रोमी 10

10
1दाजुभाइ-दिदीबहिनीहरू हो, इस्राएलीहरूका लागि मेरो मनको इच्छा र परमेश्‍वरसँग यही प्रार्थना छ, कि उनीहरूले मुक्ति पाऊन्। 2किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन। 3किनकि परमेश्‍वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्‍वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्। 4विश्‍वास गर्ने हरेक व्यक्ति धर्मी ठहरियोस् भनेर ख्रीष्‍ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
5मोशाले व्यवस्थाद्वारा प्राप्‍त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।”#10:5 लेवी 18:5 6तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ”#10:6 व्यव 30:12 (अर्थात् ख्रीष्‍टलाई ओराल्ने) 7“अथवा ‘पातालमा को ओर्लने?’ ”#10:7 व्यव 30:13 (अर्थात् ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्ने)। 8तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,”#10:8 व्यव 30:14 अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ। 9यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। 10किनकि तिम्रो हृदयबाट तिमीले विश्‍वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्‍वास स्वीकार गर्छौ र उद्धार पाउँछौ। 11धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।”#10:11 यशै 28:16 12किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। 13किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”#10:13 योएल 2:32
14तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? 15अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!”#10:15 यशै 52:7
16तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?”#10:16 यशै 53:1 17यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ। 18तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्:
“तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ,
तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।”#10:18 भजन 19:4
19म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्;
“जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउनेछु;
समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।”#10:19 व्यव 32:21
20तब यशैयाले ठूलो साहससहित भन्दछन्,
“जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्;
जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।”#10:20 यशै 65:1
21तर इस्राएलको बारेमा परमेश्‍वर भन्‍नुहुन्छ,
“दिनभरि मैले मेरो हात
अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”#10:21 यशै 65:2

अहिले सेलेक्ट गरिएको:

रोमी 10: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्