भजनसंग्रह 19:9-10
भजनसंग्रह 19:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्। सुनभन्दा पनि ती बढ़ी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढ़ी, चाकाबाट टप्कने महभन्दा बढ़ी गुलिया।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्भजनसंग्रह 19:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्। ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्भजनसंग्रह 19:9-10 पवित्र बाइबल (NERV)
परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्। परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
शेयर गर्नुहोस्
भजनसंग्रह 19 पढ्नुहोस्