भजनसंग्रह 107:17-22

भजनसंग्रह 107:17-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कोही-कोही आफ्‍नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्‍नै अपराधको कारण विपत्तिमा परे। सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्‍युको मुखसम्‍म पुगे। तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। तिनीहरूले धन्‍यवाद बलि चढ़ाऊन्‌, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्

भजनसंग्रह 107:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने, र आफ्नै अधर्मका कारण कष्‍ट भोगे। तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्‍कै भए, र मृत्युका ढोका नजिक पुगे। तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो, तिनीहरूलाई चिहानबाट छुटाउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! तिनीहरूले धन्यवादका बलि चढाऊन् र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!

शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्

भजनसंग्रह 107:17-22 पवित्र बाइबल (NERV)

कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए। उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे। ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्। तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो। परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे। परमप्रभुको अनन्त प्रेम अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ। उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।

शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्

भजनसंग्रह 107:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कति जना आफ्‍नो पाप र दुष्‍टताको कारणले कष्‍टमा परेका मूर्खहरू थिए। तिनीहरू खाना हेर्न पनि नसक्‍ने भएका थिए र मर्न आँटेका थिए। तब तिनीहरूले परमप्रभुलाई आफ्‍नो कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो, आफ्‍नो आज्ञाले उहाँले तिनीहरूलाई निको पार्नुभयो र मृत्‍युदेखि बचाउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्‍त प्रेमको निम्‍ति र उहाँले तिनीहरूका लागि गर्नुभएका उदेकका कामहरूका निम्‍ति धन्‍यवाद दिनैपर्छ। बलि चढाएर तिनीहरूले उहाँलाई धन्‍यवाद चढाउनुपर्छ र आनन्‍दका भजन गाएर उहाँले गर्नुभएका सारा कामको बारेमा भन्‍नुपर्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्