हितोपदेश 7:24-27 - Compare All Versions

हितोपदेश 7:24-27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्‍यान देओ। तिमीहरूको हृदय त्‍यसको चालतिर फस्‍न नदेओ, त्‍यसको बाटोतिर बरालिएर नजाओ। त्‍यसले धेरै जनालाई नष्‍ट पारेकी छे, त्‍यसको शिकार बन्‍नेहरू असंख्‍य छन्‌। त्‍यसको घर पाताल जाने बाटो हो, जसले मृत्‍युका कोठाहरूतिर पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 7 NNRV

हितोपदेश 7:24-27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ए मेरा छोराहरू हो, अब मेरो कुरा सुन। मैले भनेका कुरामा ध्‍यान देओ। त्‍यस्‍ती स्‍त्रीले तिम्रो मन बराल्‍न नपाओस्, त्‍यसको पछि नबरालिऔ। त्‍यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्‍यसले नाश गरेका मानिसको गन्‍ती नै छैन। तँ त्‍यसको घरमा गइस् भने मृत्‍यु-लोकको बाटो लागिस्। त्‍यो मृत्‍युमा पुर्‍याउने छोटो बाटो हो।

शेयर गर्नुहोस्
हितोपदेश 7 सरल नेपाली

हितोपदेश 7:24-27 NERV (पवित्र बाइबल)

अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ। तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क। त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे। त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 7 NERV

हितोपदेश 7:24-27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ। त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, न त त्यसका मार्गहरूतिर हिँड। त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्‍ट पारिएकाहरू असंख्य छन्। त्यसको घर चिहानको राजमार्ग हो, जसले मृत्युका कोठाहरूतिर पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 7 NCV