हितोपदेश 7:24-27
हितोपदेश 7:24-27 NNRV
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देओ। तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ। त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्। त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ।

