हितोपदेशको पुस्तक 7:24-27
हितोपदेशको पुस्तक 7:24-27 NERV
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ। तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क। त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे। त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।

