हितोपदेश 24:30-34
हितोपदेश 24:30-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ, चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो। मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें। क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले, दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
हितोपदेश 24:30-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ; चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो। मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
हितोपदेश 24:30-34 पवित्र बाइबल (NERV)
म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
हितोपदेश 24:30-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अल्छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्किसकेका थिए। त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें। अलिबेर आँखा चिम्लेर सुत्, हात बाँधेर आराम गर्, तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्नेछ।