हितोपदेश 24:30-34

हितोपदेश 24:30-34 सरल नेपाली

अल्‍छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्‍किसकेका थिए। त्‍यो देखेर मैले सोचें र एउटा पाठ सिकें। अलिबेर आँखा चिम्‍लेर सुत्, हात बाँधेर आराम गर्‌, तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्‍नेछ।

हितोपदेश 24 पढ्नुहोस्