हितोपदेश 23:19-21
हितोपदेश 23:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, र तेरो हृदय ठीक मार्गमा राख्। बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर्, किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।
हितोपदेश 23:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ। धेरै दाखमद्य पिउनेहरू, अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर; किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।
हितोपदेश 23:19-21 पवित्र बाइबल (NERV)
मेरो छोरो, सुन र ज्ञानी बन! सधैँ सही बाटोमा हिँड्ने कुरा ख्याल गर। धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख। जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।
हितोपदेश 23:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्। जँड्याहा वा घिचुवा मानिससित सम्बन्ध नराख। जँड्याहा र घिचुवा गरीब हुनेछन्। तिमी खाने र सुत्ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्नेछौ।