यहोशू 10:1-4

यहोशू 10:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहोशूले ऐ सहर कब्‍जा गरेर ध्‍वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्‍यहाँका राजालाई जस्‍तै गरे र गिबोनका बासिन्‍दाहरूले इस्राएलीहरूसँग सन्‍धि गरेर बसेका छन्‌ भन्‍ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए। उनी र उनका मानिसहरू ज्‍यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्‍यो ऐभन्‍दा पनि ठूलो थियो र त्‍यहाँका सबै निवासीहरू शूरवीर थिए। यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरलाई आह्वान गरे, “मकहाँ आउनुहोस्‌ र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्‍यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।”

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्‍ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्‍न थालेका छन् भन्‍ने कुरा पनि तिनले सुने। यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए। यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए। तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:1-4 पवित्र बाइबल (NERV)

त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे। यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए, “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहोशूले यरीहो र त्‍यसका राजालाई झैँ ऐ र त्‍यसका राजालाई पूरा नाश पारेछन् अनि आफ्‍ना अधीन गरेछन् भनी यरूशलेमका राजा अदोनिसेदेकले सुने। गिबोनका मानिसहरूले इस्राएलीहरूसित सन्‍धि-पत्र गरेका छन् र तिनका माझमा बास गर्दै छन् भनेर पनि तिनले सुने। त्‍यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्‍यो ऐभन्दा ठूलो थियो र त्‍यहाँका मानिसहरू असल लडाकु थिए। यसकारण अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरकहाँ यस्‍तो खबर पठाए, “आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्‍यहाँका बासिन्‍दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।”

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्