यहोशू 10:1-4

यहोशू 10:1-4 NCV

अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्‍ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्‍न थालेका छन् भन्‍ने कुरा पनि तिनले सुने। यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए। यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए। तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”

यहोशू 10 पढ्नुहोस्