१ शमूएल 13:3-4
१ शमूएल 13:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जोनाथनले गिबामा भएको पलिश्ती चौकीमाथि आक्रमण गरे, र त्यसको खबर पलिश्तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्” भनेर देशको चारैतिर तुरही फुक्न लगाए। यसैले “शाऊलले पलिश्ती चौकीमाथि आक्रमण गरेछन्, र अब पलिश्तीहरूले इस्राएललाई घृणा गर्छन्” भनी सारा इस्राएलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा शाऊलकहाँ भेला भए।
१ शमूएल 13:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए। यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो।
१ शमूएल 13:3-4 पवित्र बाइबल (NERV)
जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।” शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।” सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।” इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो।
१ शमूएल 13:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जोनाथनले पलिश्ती सेनापतिलाई गिबामा मारे र सबै पलिश्तीहरूले त्यो कुरा सुने। तब सारा देशभरि तुरही फुकेर हिब्रूहरूलाई लडाइँमा बोलाउन शाऊलले दूतहरू पठाए। शाऊलले पलिश्ती सेनापतिलाई मारे र पलिश्तीहरूले उनलाई घृणा गर्छन् भनी सबै इस्राएलीहरूलाई भनियो। यसकारण शाऊलसित गिलगालमा भेट्ने बोलावटलाई मानिसहरूले सुनेर त्यहीअनुसार गरे।