१ शमूएल 13:3-4

१ शमूएल 13:3-4 सरल नेपाली

जोनाथनले पलिश्‍ती सेनापतिलाई गिबामा मारे र सबै पलिश्‍तीहरूले त्‍यो कुरा सुने। तब सारा देशभरि तुरही फुकेर हिब्रूहरूलाई लडाइँमा बोलाउन शाऊलले दूतहरू पठाए। शाऊलले पलिश्‍ती सेनापतिलाई मारे र पलिश्‍तीहरूले उनलाई घृणा गर्छन् भनी सबै इस्राएलीहरूलाई भनियो। यसकारण शाऊलसित गिलगालमा भेट्‍ने बोलावटलाई मानिसहरूले सुनेर त्‍यहीअनुसार गरे।

१ शमूएल 13 पढ्नुहोस्