१ शमूएल 13:3-4

१ शमूएल 13:3-4 NNRV

जोनाथनले गिबामा भएको पलिश्‍ती चौकीमाथि आक्रमण गरे, र त्‍यसको खबर पलिश्‍तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्‌” भनेर देशको चारैतिर तुरही फुक्‍न लगाए। यसैले “शाऊलले पलिश्‍ती चौकीमाथि आक्रमण गरेछन्, र अब पलिश्‍तीहरूले इस्राएललाई घृणा गर्छन्‌” भनी सारा इस्राएलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा शाऊलकहाँ भेला भए।