“एफिससमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सात वटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सात वटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ। मलाई तिम्रा कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौँ भन्नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ। तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ। तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ। तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।
प्रकाश 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 2:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू