भजनसंग्रह 96:7-10

भजनसंग्रह 96:7-10 NCV

हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ! याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ! उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर; हे सारा पृथ्वी, उहाँको सामु थरथर काम। जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन; उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।

भजनसंग्रह 96 पढ्नुहोस्