मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ। तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्। विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्। तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्। याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्वर, मेरा मुक्तिदाता, उच्च होऊन्! उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ। यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा।
भजनसंग्रह 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 18:37-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू