भजनसंग्रह 119:14-16
भजनसंग्रह 119:14-16 NCV
कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ, म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु। म तपाईंका विधिहरूमा मनन गर्छु, र तपाईंका मार्गहरूमा ध्यान दिन्छु। म तपाईंका उर्दीहरूमा रमाउनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।

