भजनसंग्रह 119:14-16
भजनसंग्रह 119:14-16 NNRV
धेरै धन-सम्पत्तिमा आनन्दित हुने मानिसजस्तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्छु। तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।

