भजनसंग्रह 112:5-10

भजनसंग्रह 112:5-10 NCV

उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ। अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ। खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ। तिनीहरूका हृदय निर्धक्‍क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्। तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्‍च रहनेछ। दुष्‍ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्‍ट हुनेछन्; दुष्‍टहरूका अभिलाषाहरू विफल हुन्छन्।

भजनसंग्रह 112 पढ्नुहोस्