भजनसंग्रह 112:5-10
भजनसंग्रह 112:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ। धर्मी जन कहिले पनि डगमगाउँदैन, त्यसको सम्झना सदासर्वदा रहनेछ। अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ। त्यसको हृदय सुरक्षित रहन्छ, र त्यो डराउनेछैन। अन्त्यमा त्यसले आफ्ना शत्रुहरूलाई विजयमा हेर्नेछ। त्यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्यसको धार्मिकता सधैँभरि दिगो रहन्छ, सम्मानपूर्वक त्यसको शिर उच्च राखिनेछ। दुष्ट मानिस यो देखेर कुँड़िन्छ, त्यसले दाह्रा किट्नेछ, अनि नष्ट हुनेछ। दुष्ट मानिसको अभिलाषा निष्फल हुन्छ।
भजनसंग्रह 112:5-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ। अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ। खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ। तिनीहरूका हृदय निर्धक्क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्। तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्च रहनेछ। दुष्ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्ट हुनेछन्; दुष्टहरूका अभिलाषाहरू विफल हुन्छन्।
भजनसंग्रह 112:5-10 पवित्र बाइबल (NERV)
मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो। त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन, असल मानिसको सधैँ स्मरण गरिन्छ। उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ। त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ। त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ। दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।
भजनसंग्रह 112:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो मानिस खुसी रहन्छ, जसले मुट्ठी खोलेर ऋण दिन्छ र आफ्नो व्यापार इमानदारीसाथ चलाउँछ। असल मानिस कहिल्यै असफल हुन्न, उसलाई सधैँभरि मानिसहरूले याद गर्छन्। दुष्ट समाचार पाएर ऊ हड्बडाउँदैन, उसको विश्वास दरिलो छ र उसले परमप्रभुमाथि भरोसा राख्दछ। उसलाई डर वा फिक्री हुँदैन, उसले अवश्यै आफ्ना शत्रुहरूको हार भएको देख्नेछ। उसले अभावमा परेकाहरूलाई खुला मनले दिँदछ र उसको दया कहिल्यै हराउँदैन। ऊ शक्तिशाली हुनेछ र उसले आदर पाउनेछ। दुष्टहरूले यो देखेर रिस गर्छन्, तिनीहरू दाह्रा किट्छन् र लोप भएर जानेछन् र तिनीहरूका आशा पनि सधैँको लागि हराइजान्छन्।