हितोपदेश 31:27-31

हितोपदेश 31:27-31 NCV

तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्। तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्: “धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।” सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ। तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।

हितोपदेश 31 पढ्नुहोस्