हितोपदेश 24:11-22

हितोपदेश 24:11-22 NCV

अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक। यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्‍नुहुन्‍न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्‍नुहुन्‍न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र? हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्‍ठ हुन्छ। यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट, किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्‍टहरूचाहिँ विपत्तिले नष्‍ट हुनेछन्। तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्; नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ। दुष्‍ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्‍टहरूप्रति डाही बन। किनकि दुष्‍ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ। हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल; किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?

हितोपदेश 24 पढ्नुहोस्