जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर। यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख। तिनका स्वादिष्ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ। धनी बन्न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ। धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ। लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्ठ भोजनको चाहना नगर; किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन। तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ। मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ। प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच, किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ।
हितोपदेश 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 23:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू