जब तँ शासकसँग भोजन गर्न बस्छस्, तेरो सामुन्ने जे राखिएको छ त्यो राम्ररी याद गर्, यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्। तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्यो भोजन छकाउने हुन्छ। धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्। धनको एक झलक पाइन्छ, र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ। कन्जुस मानिसको भोजन नखा, त्यसको मीठो भोजनको लोभ नगर्, किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन। तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ। मूर्खसँग कुरा नगर्, किनभने त्यसले तेरा वचनहरूका बुद्धिको तिरस्कार गर्नेछ। प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्, किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ।
हितोपदेश 23 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 23:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू