हितोपदेश 2:6-15

हितोपदेश 2:6-15 NCV

किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ। तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ। किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ। विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ। बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ, जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्, जो खराबी गर्नमा रमाउँछन्, र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्, जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्।

हितोपदेश 2 पढ्नुहोस्