फिलिप्पी 3:3-8

फिलिप्पी 3:3-8 NCV

किनकि हामी खतना भएकाहरू हौँ, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौँ। हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र हामीले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौँ। यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी; जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित। तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ।

फिलिप्पी 3 पढ्नुहोस्