मत्ती 7:19-23

मत्ती 7:19-23 NCV

असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ। यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। “मलाई ‘प्रभु, प्रभु,’ भन्‍नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ। त्यस दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’ तब म तिनीहरूलाई स्पष्‍ट रूपले भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’

मत्ती 7 पढ्नुहोस्