मत्ती 17:1-9

मत्ती 17:1-9 NCV

छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए। त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।” तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!” चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे। तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ, नडराओ।” जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्। उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”

मत्ती 17 पढ्नुहोस्