मत्ती 11:2-6

मत्ती 11:2-6 NCV

जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए, “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?” येशूले जवाफ दिनुभयो, “जाओ, र तिमीहरूले जे सुन्छौ र देख्छौ, त्यही कुरा यूहन्‍नालाई भनिदेओ: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”

मत्ती 11 पढ्नुहोस्