मत्ती 11:2-6
मत्ती 11:2-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए, “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?” येशूले तिनीहरूलाई भन्नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।”
मत्ती 11:2-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब यूहन्नाले झ्यालखानामा ख्रीष्टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए, “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?” येशूले जवाफ दिनुभयो, “जाओ, र तिमीहरूले जे सुन्छौ र देख्छौ, त्यही कुरा यूहन्नालाई भनिदेओ: दृष्टिविहीनहरूले दृष्टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। त्यो धन्यको हो, जसको विश्वास मबाट हट्दैन।”
मत्ती 11:2-6 पवित्र बाइबल (NERV)
बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए। यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?” येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर। अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ट रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ। यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।”
मत्ती 11:2-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बप्तिस्मा दिने यूहन्नाले झ्यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्ना केही चेलाहरूलाई येशूकहाँ सोध्न पठाए। तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले जेजे देख्दै छौ र सुन्दै छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्न पाउँदै छन्। मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्यको हो।”