लूका 22:63-66

लूका 22:63-66 NCV

येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गर्न र पिट्न थाले। तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?” अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने। उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।

लूका 22 पढ्नुहोस्