लूका 2:6-12

लूका 2:6-12 NCV

तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन। त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

लूका 2 पढ्नुहोस्

लूका 2:6-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति