येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्करहरू अवश्य नै आउँछन्, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो। त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर। त्यसले तिम्रो विरुद्धमा दिनमा सात पल्ट पाप गर्यो र सातै पल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।” प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनुहोस्!” उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ। “मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र? बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र? सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र? त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ” यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो। उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए; अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!” तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए। तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो। येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?” त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।”
लूका 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 17:1-19
7 Days
It's no secret that those who are closest to us can wound us the most profoundly. Reeling from betrayal, we build walls around our hearts to protect us from the heartache, yet these are the very walls that block us from seeing hope, receiving healing and feeling love. It's time to tear down your walls, work through your wounds, repair damaged relationships and discover the power of an open heart.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू