यहोशू 9:7-11

यहोशू 9:7-11 NCV

इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्‍ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?” तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?” तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्‍वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ। अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ। अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’

यहोशू 9 पढ्नुहोस्