यहोशू 9:7-11

यहोशू 9:7-11 NNRV

अनि इस्राएली पुरुषहरूले ती हिव्‍वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्‍धि गर्न सक्‍छौं?” उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।” तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?” उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्‍त सुनेका छौं, यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्‍बोनका राजा सीहोनलाई र अस्‍तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं। यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्‍दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्‍नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्‌न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्‍धि गर्नुहोस्‌” भन’।