अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।” गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे। याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्केदासम्म लखेटेर मार्दै गए।
यहोशू 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:8-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू